दफा ३४
समितिको कोष
– समितिको एउटा छुटै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः
(क) नेपाल सरकारबाट प्राप्त रकम
(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
(ग) बीमक, विमा अभिकर्ता वा सर्भेयरको नाम दर्ता नवीकरण दस्तूर आदिबाट प्राप्तरकम,
(घ) सेवा शुल्कबाट प्राप्त रकम,
(ङ) अन्य कुनै श्रोतबाट प्राप्त रकम ।